Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सामान्य एकल अंकको गिरावट आएको नेप्सेमा आज आइएमई लाइफ इन्स्योरेनसको सर्वाधिक कारोबार ।

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

साउन २२, काठमाडौँ । आज सोमबार सेयर बजार नेप्सेमा एकल अंकको सामान्य गिरावट आएको छ ।

आज सोमबार नेप्से ३.२१ अंक (०.१५ प्रतिशत) घटेर २०४८.२६ मा पुगेर बन्द भएको छ ।

यस दिन हाइड्रोपावर, बैंकिङ, अन्य र लगानी बाहेकको ९ वटा सूचक बढेको छ  तर बजारलाई लिड गर्ने बैंकिङ उपसूचक घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा गिरावट आएको हो ।

यस दिन २६७ वटा धितोपत्रको ६६ लाख ४७ हजार १४३ कित्ता सेयर किनबेचबाट २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँमा कारोबार भएको छ।

यस दिन नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर सर्किट लेबलमा कारोबार भएको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा छयाङ्दी हाइड्रोपावर रहेको छ।

आज नेप्सेमा आइएमई लाइफ इन्स्योरेनसको सर्वाधिक कारोबार भएको छ।

  • न्युज बहार संवाददाता

थप