Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सेयर बजारमा उच्च गिरावट, कारोबार रकम पनि घट्यो

  •   २ वर्ष अघि | २३ मंसिर २०८१, आइतवार

मंसिर २३, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ।

आज नेप्से ४५.९३ अंक (१.६७ प्रतिशत)ले घटेर २६८९ विन्दुमा बन्द भएको छ।

नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि घटेको छ । आज ३२१ वटा धितोपत्रको एक करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच भएको छ।

यसदिन खानीखोला हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मुल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको आज ३२ करोड ६४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ ।

यस दिन सर्वाधिक ३.०७ प्रतिशतले जीवन बीमा समूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप