Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कृषि बिकास बैकको सिईओमा गोविन्द गुरुङ नियुक्त ।

विदेशी बैंकमा नेपाली व्यक्ति सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् ।

  •   ४ वर्ष अघि | ७ फाल्गुन २०७९, आइतवार


फागुन ७, काठमाडौं । कृषि विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले गुरुङलाई सीईओ पदमा नियुक्त गरेको हो । यससगै नवनियुक्त सीईओ गोविन्द गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्नेछन् । सिभिल बैंकका पूर्व सीईओ समेत रहेका गुरुङको बैंकिङ क्षेत्रमा २६ वर्षे कार्यानुभव छ । त्रिवि अन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट बैंकिङ करियरको शुभारम्भ गरेका थिए ।

हिमालयन बैंकमा गोविन्द गुरुङले साढे १० वर्ष काम गरे । त्यसपछि ग्लोबल आइएमई बैंकको साढे ३ वर्ष वरिष्ठ प्रबन्धक पदको जिम्मेवारी सम्हाले । त्यसपछि उनी नायव महाप्रबन्धक पदमा साढे २ वर्ष मेगा बैंकमा कार्य सम्पादन गरेका थिए ।

यससगैँ उनको यात्रा सिभिल बैंक तिर मोडियो । सिभिलमा ४ वर्ष डेपुटी सीईओका र ४ वर्ष ३ महिना सीईओका रुपमा कार्यभार सम्हालेका गुरुङ त्यसपछि भने विदेशी बैंकमा सीईओ बने । विदेशी बैंकमा नेपाली व्यक्ति सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् ।

थप