फागुन १०, जकपुर। आज ग्लोबल आइएमई बैंकको
सिरहामा ९ लाख रुपैयाँ लुटिएको छ ।
बुधबार
दिउँसो ३ बजे ग्लोबल आइएमई बैंकको कार्यालय मिर्चैयाबाट बैंककै शाखा कल्याणपुर तिर
लैजाँदै गरेको रकम बैंकको कर्मचारीको साथबाट लुटिएको सिरहाका प्रहरी प्रवक्ता
रविन्द्रराज पाण्डेले जानकारी दिएका छन ।
बैंकका
कर्मचारी मोटरसाइकलमा क्यास रकम लिएर कल्याणपुर शाखा तर्फ जाँदै गर्दा मिर्चैयाको
बसहा पुलमा अचानक ४ जनाको अज्ञात समूहले हमला गरी रकम लुटेको प्रहरीले जनाएको छ ।
प्रहरीले लुटेराहरुको
खोजी तथा थप अनुसन्धान भइरहेको जनकारी दिएको छ।