असोज ८, काठमाडौँ । बजेटमार्फत सरकारले घोषणा
गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था आज देखि कार्यान्वयनमा
आएको छ ।
अर्थमन्त्री
डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट घोषणा गर्दै १५ जेठमा गरेको घोषणा लगभग
चार महिनापछि आजबाट कार्यान्वयनमा आएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार
राजपत्रमा सूचना प्रकाशित गर्दै कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा यसअघि लाग्दै
आएको दस्तुर मिनाहा भएको जानकारी दिएको हो ।
यस
व्यवस्थासँगै अब कुनै पनि कम्पनी दर्ता गर्दा र कम्पनीको पूँजी वृद्धि गर्दा कुनै पनि
शुल्क नलाग्ने भएको छ । प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता
गर्दा, दर्ता
भइसकेको कम्पनीले पूँजी वृद्धि गर्दा संशोधित राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा
५ बमोजिम अब कुनै शुल्क लाग्ने छैन ।
- न्युज बहार संवाददाता