Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

तिहारको समयमा झिनियाँको माग बृद्धी, झिनियाँ बेचेर लाखौँ आम्दानी

  •   ३ हप्ता अघि | २५ कार्तिक २०८०, शनिबार

कार्तिक २५, बागलुङ। तिहारको समयमा झिनियाँको खपत अत्यधिक मात्रामा हुने गर्दछ।  सोही मागलाई लक्षित गर्दै यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । 

झिनियाँलाई तिहारमा अत्यावश्यक परिकारका रुपमा लिने गरिन्छ। महिला उद्यमीले लिहारको समयमा झिनियाँ सहित विभिन्न रोटीका परिकार बनाएरै मनग्य आम्दानी गर्दै आएका छन् । घरमै बनाउने रोटीका परिकारसमेत झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि स्थानीयले खरिद गरेर लैजान थालेपछि अहिले घरेलु महिला उद्यमी व्यस्त यही उत्पादनमा व्यस्त भएका छन् । 

बागलुङ बजारका महिला उद्यमीले रोटीका परिकार बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । १० वर्षदेखि बागलुङ नगरपालिका१ रामरेखामा झिनियाँ उत्पादन गर्दै आएको शर्मिला श्रेष्ठले बागलुङमा तिहार नजिकिएसँगै झिनियाँ, फिनी, चिनि, भेलीलगायतका रोटीका परिकारको बनाउन व्यस्त भएको बताइन् । उनले भनिन तिहार नजिकिँदै आएसँगै झिनियाँको कारोबार उच्च छ अहिले म जस्ता दर्जनौँ महिला झिनियाँसहितका रोटीका परिकार निर्माण गरेर बिक्री गरि मनग्य आम्दानी गरिरहेका छौँ, अहिले तिहारमा मात्रै झिनियाँ सहित अन्य तयारी रोटीको कारोवार चार-पाँच लाखको हुन्छ ।

एकातर्फ यहाँका महिला उद्यमीलाई हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन भ्याइनभ्याइ परेको छ भने अर्को तर्फ यसै सिजनको व्यापारमा कमाएको रकमले वर्षभरी घरखर्च पुग्ने उद्यमीहरुको भनाइ पनि छ । 

  • न्युज बहार संवाददाता

थप