चैत
१२, काठमाडौँ। आर्थिक वर्षको २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट नेष्डो समृद्ध
लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा
गरेको छ।
बिहीबार
बसेको कम्पनीको सञ्चालक समिति बैठकले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत
नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित
लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंक
स्वीकृति पछी मात्र सेयरधनीहरूले पाउनेछन्।
- न्युज बहार संवाददाता