जेठ १४, काठमाडौँ। साताको पहिलो कारोबार दिन आज अइतबार नेप्सेमा केही
करेक्सन आएको छ।
लगातार
सात दिन बढेको नेप्से बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा केही
करेक्सन आएको हो।
आज
नेप्से परिसूचक १७.३८ अंकले घटेको छ। यस दिन नेप्से ०.८९ प्रतिशतले घटेर १९४१.७४
बिन्दुमा बन्द भएको छ।
तर आज आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन कारोबार रकम बढेर २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँ पुगेको छ।
- न्युज बहार संवाददाता