कार्तिक १५, काठमाडौँ । चिरख्वा
हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक आरविवि मर्चेन्टले भोली (बिहिबार)
दिउँसो १ बजे शेयर बाँडफाँड गर्ने जनाएको छ ।
सर्वसाधारणलाई कम्पनीले असोज २३
देखि असोज २६ गतेसम्म शेयर निष्काशन गरेको थियो । ८ लाख ५९ हजार ३ सय कित्ता शेयर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको हो
। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।
- न्युज बहार संवाददाता