जेठ ३, काठमाडौँ । सेयर बजार परिसुचक नेप्से आज दोस्रो दिन पनि लगातार बढेको छ । बुधबार नेप्से २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगी रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो ।
आज बुधबार हिजो मंगलबारको तुलनामा कारोबार रकममा पनि बृद्धि भएको छ ।
आज २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको हो । बुधबार सबै उपसूचकहरु बढेर बजारमा हरियाली देखिएको छ ।
आज सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ताले (२.२८ प्रतिशत)ले कमाएका छन् ।
- न्युज बहार संवाददाता