Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केही दिनको बृद्धी पछी नेप्सेमा करेक्सन, आज कति अंकले घट्यो?

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

फागुन १९, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ विन्दुमा बन्द भएको हो ।


नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बजारमा यस दिन ३०० स्टकको १ लाख ३९ हजार ५५५ पटकको कारोबारमा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँबराबरको ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन १ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।

यस दिन सर्वाधिक १.६८ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ  भने कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक १.८८ प्रतिशत घटेको छ। 

  • न्युज बहार संवाददाता

थप