साउन २, काठमाडौँ। मंगलबार नेप्से परिसूचक ९.९१ अंक ( ०.४६ प्रतिशत) ले बढेर २१५४.०७ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
यस दिन उक्त रकम बढेर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ पुगेको छ।
यस दिन २५५ वटा धितोपत्रको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर किनबेचबाट ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँको कारोबार भएको छ।
यस दिन बजारम बिपिडब्ल्यू लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयरमूल्य सर्वाधिक घट्नेमा सानिमा लार्ज क्याप फण्ड रहेको छ।
आज मंगलबार नेप्सेमा स्वावलम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ ।
आज म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक सामान्य बढेको छ।
आज नेप्सेमा निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशतले बढेको छ।
- न्युज बहार संवाददाता