
छापावाला सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा कारोबार हुदै छ ।
अघिल्लो दिन माघ १८ गते बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो र तेजावी सुनको कारोबार एक लाख ५ हजार ८ सय रुपैयाँमा भएको थियो । यो रेकर्ड सगैँ नेपाली बजारमा सुन तथा चाँदीको मूल्य निरन्तर रुपमा उकालो लाग्ने क्रम जारी छ।
यसअघि सुनको मुल्यले माघ १२ गते ऐतिहासिक
रेकर्ड राख्दै छपावाला सुन प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि बिहीबार
बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बुधबार चाँदी प्रतितोला १३ सय
७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ
बढेको हो।
यस अघि १२ पुसमा सुनको मूल्य यस अघिकै
उच्च रेकर्ड राख्दै एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन
प्रतिऔंस १९ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।