साउन ३१, काठमाडौँ । प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनासाथ सेयर जारी गर्न पाउने नयाँ नियम आएको छ ।
धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएसँगै नयाँ व्यवस्था कार्यान्वयनमा आउने भएको हो।
पब्लिक कम्पनीमा रुपान्तरण भएको दुई वर्षपछि मात्रै सर्वसाधारणलाई सेयरजारी गर्न पाउने व्यवस्था हाल रहेकोमा अब २ वर्षदेखि कारोबार गरिरहेको कम्पनीले पब्लिकमा रुपान्तरण भए लगत्तै सेयर जारी गर्न पाउने व्यवस्था गरिएको हो ।
त्यसैगरी एक अर्ब चुक्ता पुँजी भएका बिमा र वित्तीय कम्पनीले सञ्चालनमा आएको एक वर्ष भित्रमै प्रिमियममा सेयर जारी गर्न पाउने संशोधित नियमावलीमा उल्लेख गरिएको छ ।
- न्युज बहार संवाददाता