फागुन ३०, काठमाडौं । लगातार दोहोरो अंकले दुई
कारोबार दिन सम्म घटेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने सामान्य अंकको
वृद्धि भएको छ। कारोबारको पहिलो दिन आइतबार करिब २७ अंक र कारोबारको दोस्रो दिन सोमबार
करिब २५ अंकले घटेको नेप्से मंगलबार भने १.८५ अंकले वृद्धि भएको छ।
बजार परिसूचक
नेप्से मंगलबार ०.०९ प्रतिशतले वृद्धि हुँदा १९५३.०६ अंकमा आएर बन्द भएको छ। अधिकांश
उपसूचक बढेपनि नेप्सेमा सामान्य मात्रै वृद्धि भएको छ । नेप्सेमा आएको गिरावट कम
भएपनी कारोबार रकम भने सवा १ अर्ब नजिक आइपुगेको छ।
- न्युज बहार संवाददाता