माघ २३, काठमाडौँ । करिब १ खर्ब २० अर्ब
रुपैयाँ बराबरको रेमिट्यान्स पुस महिनामा मात्रै नेपाल भित्रिएको छ ।
पुस
महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको नेपाल
राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।
विवरण
अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा कुल ७ खर्ब
३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यो
रेमिट्यान्स रकम ६ महिनामा भित्रिएको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.३
प्रतिशतले बढी हो ।
- न्युज बहार संवाददाता