Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्से परिसूचकमा ४२.१४ अंकको गिरावट, कारोबार रकम २ अर्ब माथि

  •   ३ वर्ष अघि | ३१ भदौ २०८०, आइतवार

भदौ ३१, काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरू असोजमा पनि निरुत्साहित भएका छन्। यसै कारण आइतबार सेयर बजार परिसूचक उच्च अंकले घटेको छ।

आज साताको पहिलो दिन नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा बन्द भएको छ।

धेरै लगानीकर्ताहरुले वाणिज्य बैंकहरूले असोजमा मुद्दती निक्षेपको ब्याजदर घटाउनेछन् भन्ने आशा गरेका थिए तर त्यस विपरीत बैंकहरूले ब्याजदर बढाएका छन । 

यस दिन उक्त रकम बढेर पुगेको छ।

यस दिन २७८ वटा धितोपत्रको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर किनबेचबाट २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६१० रुपैयाँ कारोबार भएको छ ।

यस दिन शुभम् पावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ९.२१ प्रतिशतले घट्नेमा मोलुङ हाइड्रोपावर रहेको छ।

आज नेप्सेमा एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

त्यसैगरी आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप