Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आइतबार शेयर बजारमा ३०.७७ अंकको गिरावट ।

कारोबार रकममा समेत कमी आएको छ।

  •   ४ वर्ष अघि | २१ फाल्गुन २०७९, आइतवार

फागुन २१, काठमाडौं । आइतबार साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। आइतबार नेप्से ३०.७७ अंकले घटेको बजार १९३८.२५ बिन्दुमा झरेको छ। यो १.५६ प्रतिशतको गिरावट हो। आइतबार कारोबार रकममा समेत कमी आएको छ।

आज आइतबार सबै उपसूचक ओरोलो लागेका छन। सबैभन्दा धेरै उत्पादन र प्रशोधन उपसूचक घटेको छ र यसैका लगानीकर्ताले धेरै गुमाएका छन। यी दुई उपसूचकमा ३.०३ प्रतिशतको गिरावट आएको छ।

आइतबार नेप्सेमा सबैभन्दा धेरै सुपरमादी हाइड्रोको सेयर मूल्य बढेको छ। सुपरमादी हाइड्रोको आज दोस्रो बजारमा पहिलो कारोबार दिन हो त्यसैले यस कम्पनीको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ। त्यस्तै आज धेरै प्रतिशतले घट्ने कम्पनिमा सामलिङ पावर कम्पनीको रह्यो।यसको मुल्य १० प्रतिशतले घटेको थियो।

त्यस्तै आज लघुवित्तसहितका कम्पनीको सेयर मूल्य समेत धेरैले घटेको छ। घटेको बजारमा शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी,  नविल बैंक, एसियन लाइफ, सहितका कम्पनीको सेयर धेरै कारोबार भएको छ ।

  • न्युज बहार संवाददाता

थप