बैशाख
६, काठमाडौँ। प्रहरीले २ जनालाई अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी
गरेको आरोपमा पक्राउ गरेको छ।
सिन्धुपाल्चोकका
२३ वर्षका टीकाबहादुर भण्डारी र भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षका उज्वल
खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको जनाएको
छ।
मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीकी सुनिला गुरूङसहित ४४ जनालाई वैदेशिक रोजगारीका लागि जर्मनी, अमेरिका, बेलायत र जापान लगिदिने भन्दै प्रतिव्यक्ति ३ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप उज्वल खड्का माथि लागेको छ भने
सँगै पक्राउ परेका भण्डारीमाथि मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटकपटक गरी १५ लाख बढी ठगी गरेको आरोप लागेको छ।
- न्युज बहार संवाददाता