फागुन १,
काठमाडौँ । कबड्डी सिरिजको नेपाली चलचित्र ‘कबड्डी ५’ खेल्ने चाहाना अभिनेता अनमोल केसीले व्यक्त
गरेका छन् । निर्देशक रामबाबु गुरुङले आफूलाई फिट देखे उक्त श्रृंखलामा जोडिन तयार
रहेको उनले बताए ।
दुबईको
स्टार सिनेमाज् मल्टिप्लेक्समा आयोजित ‘कबड्डी ४’ को स्क्रिनिङमा सहभागी भएका अनमोलले ‘कबड्डी’ आफ्नो मनपर्ने फिल्म समेत भएको बताए छन । अनमोलले भने ‘निर्देशक
रामबाबु दाइले मलाई फिट देख्नुहुन्छ भने म रेडी छु । कबड्डी ४ मेरो मनपर्ने फिल्म
समेत हो,’ ।