असोज १, काठमाडौँ । यती एयरलाइन्सले काठमाडौँबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालिन उडान (आई एफ आर उडान) सुरु गरेको छ । आजदेखि यती एयरलाइन्सले काठमाडौँ–पोखरा रात्रिकालीन उडान सुरु गरेको हो ।
यस अघिनै पोखरा अन्तरास्ट्रिय विमानस्थलमा रात्रि उडानको सुविधा थियो तर यतीले आजबाट मात्र लागू हुनेगरि रात्रि उडान शुरु गर्न थालेको हो ।
यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यतीले रात्रि उडानका लागि काठमाडौँबाट साँझ ५: ३० बजे उडान नं एनवाईटि ६८३ र पोखरा बाट साँझ ६ः २० बजे उडान नं एनवाईटी ६८४ मार्फत तालिका मिलाएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता