Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अबदेखि पदयात्रा (ट्रेकिङ) अनुमति सेवा पूर्ण रूपमा अनलाइन प्रणालीबाट उपलब्ध हुने

  •   ९ महिना अघि | २ कार्तिक २०८२, शनिबार

कार्तिक १, काठमाडौँ । अध्यागमन विभागले अबदेखि पदयात्रा (ट्रेकिङ) अनुमति सेवा पूर्ण रूपमा अनलाइन प्रणालीबाट मात्र उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै विभागले ट्रेकिङ एजेन्सीका प्रतिनिधिहरूले कार्यालयमा प्रत्यक्ष सम्पर्क गरी अनुमति लिँदा सुशासनमा समस्या उत्पन्न भएको र केही कर्मचारीहरू बिचौलियाको रूपमा अनियमित गतिविधिमा संलग्न भएको प्रमाण भेटिएको जनाएको छ।

यस्ता गतिविधिहरूलाई रोक्न विभागले अब पारदर्शी, जिम्मेवार र निष्पक्ष सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै सबै ट्रेकिङ एजेन्सीहरूलाई अनलाइन पोर्टलमार्फत मात्र अनुमति लिने व्यवस्था गरिएको स्पष्ट पारेको छ।

विभागका अनुसार एजेन्सीहरूले अनलाइनमार्फत पेश गरेका निवेदनहरू एक कार्यदिनभित्र प्रक्रिया पूरा गरिनेछ। यदि निवेदन दिउँसो ३ बजेपछि दर्ता भएमा त्यसको प्रक्रिया अर्को कार्यदिनको सुरूवातमा अघि बढाइनेछ। समयमै राजस्व तिर्ने निवेदकहरूले सोही समयमा अनलाइन पोर्टलमै अनुमति पाउने व्यवस्था छ।

यदि अनलाइन प्रक्रियामा कुनै समस्या आएमा पोर्टलमा दिइएको मोबाइल नम्बर वा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिनेछ। सेवाग्राहीको चापका कारण फोन तुरुन्त नउठेमा सन्देश पठाउन विभागले आग्रह गरेको छ।

  • न्युज बहार संवाददाता

थप