भदौ ६, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन–चाँदीको भाउ सामान्य बृद्धी भएको छ।
आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
१० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि बृद्धी भएको छ।
आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता