मंसिर २१, काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढदा चाँदीको
मूल्य घटेको छ।
यसदिन सुनको
भाउ प्रतितोला दुई सय रूपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
१८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
त्यसैगरी, आज बिहीबार नेपाली बजारमा चाँदीको मूल्य घटेको
छ। आज चाँदी प्रतितोला २० रूपैयाँले घटेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता