साउन ४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास पछी बाहिरिएको सुन बरामद गरिएको थियो । उक्त बरामद भएपछि सुन जोखेर त्यसको तौल एकिन गर्न राष्ट्र बैंक पठाइएको छ । सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा राजश्व अनुसन्धान विभागले पठाएको हो ।
राजश्व अनुसन्धान विभागको टोलीले बुधबार मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट बरामद गरेको हो ।
बरामद सुनको परिमाण एकिन नभएकोले विभागले सुन जोख्न आज राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुनको परिमाण एकिन नभएपनि सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान चाँही गरेका छन् ।
यो प्रकरणमा प्रहरीले एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ समेत गरेको छ।
- न्युज बहार संवाददाता