Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आँपको मूल्य बढ्यो, कुन आँप कति छ केजीको?

  •   १ वर्ष अघि | ५ साउन २०८२, आइतवार

साउन ४, काठमाडौँ । अहिले आँप सिजन चलिरहेको छ । नेपाली बजारमा आँपको मूल्य बढेको छ। नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौँका अनुसार माग अनुसार आँपको आपूर्ति नहुँदा मूल्य बढेको हो ।

अहिले बजारमा आँप एकदमै कम आएको र मूल्य बढेको हो । आँपको मूल्य बढ्न थालेको दुई/तीन दिन भएको छ । बजारमा दसहरी र मालदह जातका आँप आइरहेको छ। होलसेलमै यी आँपको मूल्य अहिले एक सय २५ रूपैयाँदेखि एक सय ३० रूपैयाँ पुगेको संघले जनाएको छ । 

यसअघि यी आँप प्रतिकिलो थोक मूल्य एक सय रूपैयाँमा कारोबार भइरहेको थियो।  नेपाली आँपको सिजन अहिले बजारमा सकिन लागेकाले मूल्य बढेको हो ।

अहिले भारतीय आँप आइरहेको छ । स्वदेशी आँपको उत्पादन भने सकिएको छ। 

  • न्युज बहार संवाददाता

थप