असोज २५, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ।
सुनको
मुल्य यसदिन प्रतितोला सात सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता