पुस १३, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली
बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।
बिहीबार नयाँ
रेकर्ड बनाएको सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार तीन सय
रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँ र तेजाबी
सुन प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
चाँदी
शुक्रबार प्रतितोला ३५ रूपैयाँले घटेर १४ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता