साउन २४, काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको भाउ घटेको छ।
आज सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता