असोज
१५, काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ।
सोमबार सुन प्रतितोला एक सय
रुपैयाँले घटेको छ।
आज छापावाल सुन प्रतितोला एक
लाख सात हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार चार सय
रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, नेपाली बजारमा सोमबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता