पुस ३, काठमाडौँ
। नेपालका राज अधिकारीले खिचेको फोटो संयुक्त राष्ट्र सङ्घ अन्तर्गत खाद्य तथा
कृषि सङ्गठनको ‘इयर अफ
मिलेट्स’ फोटो
प्रतियोगितामा दोस्रो स्थानमा पर्न सफल भएको छ । दक्षिण अफ्रिकी फोटोग्राफर जोनाथन
रिज भने पहिलो भएका छन ।
नेपालमा
कोदो संरक्षणमा महिलाको भूमिका सम्बन्धी तस्बिर विश्वका ५८ देशबाट पठाइएका झन्डै
८०० तस्बिरहरूमध्ये दोस्रो स्थानमा पर्न सफल भएको हो ।
फोटोग्राफर
राज अधिकारी बर्दघाट, नवलपरासी
निवासी हुन । उनले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णु माया
बरालको कोदो काट्दै गरेको फोटो खिचेर सोही फोटो मार्फत प्रतियोगितामा सहभागी भएका
थिए ।
विगत
पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षण गर्ने अभिप्रायले फोटोग्राफर अधिकारी फोटोग्राफी
क्षेत्रमा लागिरहेका छन् ।
- न्युज बहार संवाददाता