साउन २३, काटमाडौँ । भैरहवाको पाँचतारे रिसोर्ट टाइगर
प्यालेस रिसोर्टलाई लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायतका होटल चलाइहेका
बुद्धिसागर सुवेदीको समूहले खरिद गरेको छ ।
टाइगर
प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी हो । यस कम्पनिलाई
बुद्धिसागर सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले खरिद
गरेको हो । यो सुवेदीको हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता भएको छ ।
- न्युज बहार संवाददाता