Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सर्वसाधारणका लागि आजदेखी खुल्यो यस कम्पनिको आइपिओ

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

मंसिर १०, काठमाडौँ । आज आइतबारदेखि नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ। 

सर्वसाधारणका लागि कम्पनीले ११ लाख ४१ हजार दुई सय ५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। 

कम्पनीको प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको आधारमा सेयर जारी गरेको हो। 

कम्पनीको आइपिओ न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्मका लागि मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ।

आइपिओको लागी गराएको रेटिङमा रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपिओलाई 'बी बी माइनस रेटिङ' प्रदान गरेको छ। यस्तो प्रकारको रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको जनाउँछ। 

नेपाल बेयर हाउजिङ कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

यस आइपिओमा लगानी गर्न चाहाने लगानिकर्ताहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

  • न्युज बहार संवाददाता

थप