Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यस सिजनको चियाको पहिलो टिपाई इलामबाट सुरु

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, झापा । यस सिजनको चियाको पहिलो टिपाई इलामबाट सुरु भएको छ । इलाम जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु हुन बाँकी रहेको छ ।

चिया कृषकका अनुसार बिगत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको हो । चियाको पहिलो टिपाइलाई फस्ट प्लगभन्ने गरिन्छ । यस यामको चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिइन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

चैतदेखि जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ सुरु हुन्छ । इलाम बजार क्षेत्र र केही माथिल्लो स्थानमा भने भर्खरै चिया पलाउन सुरु भएको छ । माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा सन्दकपुर गाउँपालिकाको सुलुबुङ लगायतमा चियाको बोटमा मुना पलाउन थालेका छन् । 

  • न्युज बहार संवाददाता

थप