साउन ४, काठमाडौँ
। बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण
राजस्व अनुसन्धान विभागले आज यकिन गर्ने भएको छ ।
८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिएका हुन । यसका साथै उनले घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाइने समेत बताएका छन।
सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने ढुङ्गानाले बताए ।
उक्त सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई गए राति नै पक्राउ गरिएको राजश्व अनुसन्धान स्रोतले जनाएको छ ।
उक्त सुन विमानस्थल पास भएर आएको र विमानस्थलको भन्सार पट्टीको गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।
- न्युज बहार संवाददाता