Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । सरकारले आजदेखि देशभर दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आगामी मङ्सिर ३ गतेसम्म सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान तथा साल्ट्र ट्रेडिङले सहुलियत पसल सञ्चालनमा गर्नेछन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको जनाएको छ ।

सरकारले यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

ती कम्पनीका काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ भने राजधानी बाहिर अन्य जिल्लामा पनि यो पसल सञ्चालन हुने छ ।

सुपथ मुल्य पसल अन्तर्गत साल्ट ट्रेडिङले चिनी प्रतिकिलो रु ९७ मा बिक्री गर्नेछ भने साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने भएको छ । यता दुग्ध विकास संस्थानले पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट र घीउमा प्रतिकिलो २० रुपैयाँ छुट दिने भएको छ ।

  • न्युज बहार संवाददाता

थप