असोज
२४, काठमाडौँ । आज बुधबार सोनापुर मिनरल्स एन्ड आयल कम्पनिको आइपिओ बाँडफाँट भएको
छ।
आइपिओ बाँडफाँट बिक्री प्रबन्धक
एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको हो । आइपिओ बाँडफाँट प्रकृयामा गोलाप्रथामार्फत्
१० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी रहेको ८ कित्ता सेयर भने सोही
आवेदकहरूमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ यससँगै ८ जनाले ११ कित्ता र १०
लाख ३२ हजार १२४ जनाले १० कित्ताका दरले सेयर पाएका हुन्।
प्रतिसेयर
१०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी
कम्पनीले कुल २३७ रुपैयाँ ५८
पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो।
लगानीकर्ताले आइपिओ बाँडफाँटको
नतिजा मेरोसेयर एकाउन्ट, बिक्री प्रबन्धकको वेबसाइट बाट हेर्न सक्नेछन् भने नतिजा कम्पनीको वेबसाइट तथा सिडिएस
एन्ड क्लियरिङको वेबसाइटबाट
पनि हेर्न सकिन्छ।
- न्युज बहार संवाददाता