Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा अलैंची निर्यातमा उल्लेखनीय वृद्धि

  •   ९ महिना अघि | ११ कार्तिक २०८२, सोमवार

कार्तिक १०, काठमाडौँ । मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैंची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। यो अवधिमा अलैंचीको निर्यात अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढेर एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ पुगेको छ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार तीन महिनामा कुल एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात गरिएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा अलैंची निर्यातको मूल्य एक अर्ब सात करोड २२ लाख रुपैयाँ मात्र थियो।

तर, सोही अवधिमा चिया निर्यात भने घटेको छ। चालु वर्षको पहिलो त्रैमासिकमा चियाको निर्यात ४०.९० प्रतिशतले घट्दै एक अर्ब एक करोड २१ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासिकमा यसको निर्यात मूल्य एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ थियो।

  • न्युज बहार संवाददाता

थप