Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने

  •   ४ महिना अघि | २८ जेष्ठ २०८३, बिहिबार

जेठ २८, पोखरा । पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई सेवा सञ्चालन हुने भएको छ। आगामी सेप्टेम्बर २३, २०२६ देखि सुरु हुने उक्त उडानका लागि टिकट बुकिङसमेत खुला गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। लामो समयदेखिको प्रतीक्षा, स्थानीयवासीको निरन्तर पहल, पर्यटन व्यवसायीहरूको सक्रियता तथा विभिन्न चरणमा भएका प्रयासपछि निर्माण सम्पन्न भएको यो विमानस्थल पोखराको महत्वपूर्ण गौरवको परियोजनाका रूपमा चिनिन्छ।

अब दुबईसँग नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्क स्थापित हुन लागेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो स्थापनाको मुख्य उद्देश्यअनुसार अन्तर्राष्ट्रिय उडान सेवा विस्तार गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको विश्वास गरिएको छ।

  • न्युज बहार संवाददाता

थप