कार्तिक
१६, काठमाडौँ । आइतबारबाट तिहारको लागि राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका
सिक्काको बिक्री सुरु गर्ने भएको छ।
आगामी आइतबार (कात्तिक १९ गते)
देखि २४ गतेसम्म राष्ट्र बैंकले सिक्का बिक्री गर्ने भएको हो।
बैंकको टक्सार महाशाखाका प्रमुख
थानेश्वर आचार्यले २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका सिक्का बिक्री गर्न लागेको बताएका
छन।
राष्ट्र बैंकले बिक्री गर्ने चाँदी
र सुन दुवै उच्च कोटीको ९९९ टचको हुने जनाइएको छ।
सामान्य
भाषामा यसलाई २४ क्यारेटका सुन-चाँदी भन्ने गरिन्छ । यसरी राष्ट्र बैंकले बिक्री
गर्ने सुनको मूल्य भने हरेक दिन सुन चाँदी व्यवसायी महासंघले तोके अनुसार परिर्वतन
हुने छ भने चाँदीका सिक्काको मूल्य भने तोकिसकिएको छ।
१० ग्राम सिक्काको मूल्य १ हजार
६ सय रूपैयाँ र २५ ग्राम सिक्काको मूल्य ४ हजार रूपैयाँ तोकिएको छ। राष्ट्र बैंकले
गाई, गणेश र
गजलक्ष्मी अंकित चाँदीका सिक्का बिक्री गर्न लागेको हो।
- न्युज बहार संवाददाता