असोज
२५, झापा । झापा डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म दुई लाख १०
हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको जनाएको छ। तीमध्ये एक लाख १० हजार
४७० बिरुवा वितरण गरिएको कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूले जानकारी
दिए।
उनका अनुसार, वितरण गरिएका बिरुवामध्ये ६६ हजार २८२
वटा सामुदायिक वन उपभोक्ता समूहहरूलाई र ४४ हजार १८८ वटा व्यक्तिगत रूपमा
व्यक्तिहरू तथा संघ–संस्थाहरूलाई दिइएको
हो।
यी बिरुवाबाट सामुदायिक वन क्षेत्रमा
४१.४२ हेक्टर र निजी तथा संस्थागत क्षेत्रमा २७.६१ हेक्टर जमिनमा वृक्षरोपण गरिएको
लिम्बूले बताए।
कार्यालयले लटहर, अर्जुन, तेजपात, बाँस, आउटेंगा, कुसुम, विजयसाल, कदम,
मलेसियन
साल, टिक, खमारी, टाँकी, वीरेन्द्रफूल, गोल्डमोहर, अमला, बकाइनो, जामुन, बडहर, जाडुल, किम्बुल
लगायतका जातका बिरुवा उत्पादन तथा वितरण गरेको छ।
- न्युज बहार संवाददाता