Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बर्खा लागेसँगै पोखरा–जोमसोम हवाई उडान २ महिनाका लागि बन्द

  •   १ वर्ष अघि | १३ असार २०८२, शुक्रबार

असार १३, मुस्ताङ । पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय वायुसेवा कम्पनीले गरेको छ। बर्खाको समयमा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि यस्तो निर्णय लिइएको कम्पनीहरुले जनाएका छन। 

यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजका कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जनाएका छन। ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि मात्र उडान पुनः सञ्चालन गर्नेछ। 

त्यस्तै उक्त रुटमा समिट एअरलाइन्सले पनि यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको हो। एक हप्तापछि २ महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले बताएका छन।

  • न्युज बहार संवाददाता

थप