Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्याप्त वर्षा नहुँदा रोपाइँमा ढीलाइ

  •   १ वर्ष अघि | १७ असार २०८२, मङ्लबार

असार १७, महोत्तरी । महोत्तरीमा सयममा वर्षात् नहुँदा धान रोपाइँ न्यून भएको छ । मध्य असार बित्नलाग्दा पनि पर्याप्त वर्षा नाभए पछि यहाँ तयार भएको धानको बीउ खेर जाने अवस्था आएको छ । अहिले जिल्लाभर पानीको अभावले रोपाइँ पछि सरेको छ । महोत्तरी जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टर रहेको छ भने त्यसमध्ये ४५ देखि ५० हेक्टरसम्म धानखेती गरिँदै आइएको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार यसपालि अनुकूल वर्षा नहुँदा ब्याड राख्न भएको ढिलाइ र रोपाइँका लागि पानी नपुग्दा धानखेती पछि परेको छ । कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले अनुकूल वर्षा नहुँदा किसानले रोपाइँ गर्नुपर्ने बेलामा पनि पानी पर्न नसकेकोले रोपाइँ कम भएको जनाएको छ । यही असार १५ मा धान दिवस मनाइरहँदा यहाँको रोपाइँ दुई–तीन प्रतिशतभित्र मात्र रहेको छ ।

  • न्युज बहार संवाददाता

थप