असोज २८, काठमाडौँ । पेट्रोलको मूल्य नेपाल आयल निगमले घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको हो ।
निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको जानकारी गराएको छ।
आज रातीदेखि लागु हुने नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ ।

- न्युज बहार संवाददाता