Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रैथाने उत्पादनहरु बेच्न हाटबजारको आयोजना

  •   ३ वर्ष अघि | २३ कार्तिक २०८०, बिहिबार

कार्तिक २३, पोखरा । रैथाने उत्पादनहरु बेच्न पोखरा महानगरले हाटबजार चलाउने भएको छ । शनिवार श्रीकम्प्लेक्स र पोखरा महानगर मिलेर हाटबजार चलाउन लागिएको जनाएको छ । स्थानीय उत्पादनका १० भन्दा बढी स्टल हाटबजारमा रहनेछन् । 

हस्तकला उत्पादन मनखुसी फाउन्डेसनद्वारा तयार भएको, पोते माला प्राप्ति प्रशान्त हस्तकलाद्वारा तयार, स्थानीय उत्पादनका कृषि उपजहरू आमा एग्रो प्रडक्टद्वारा उत्पादित, धागोका सामानहरू सगुन हस्तकलाद्वारा तयार भएका सामानहरु बिक्री हुने आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जनाएका छन । 

पुष्पाञ्जलीद्वारा तयार गरिएको बिहेका सामान र कृषि सञ्जालका उत्पादन पनि बिक्री हुने बताइएको छ । कडरियाले यस रैथाने हाटबजारमा कोदो, झिलिङ्गा, सेल रोटी, मकै, चिनिरोटी, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने बताए । महानगरका अनुसार सोही अवसरमा सयपत्री फूल मेला समेत आयोजना हुने छ । 

  • न्युज बहार संवाददाता

थप