असार २३,
मकवानपुर । हालसम्म बागमती प्रदेशमा २० दशमलव ५१ प्रतिशत जग्गामा धान रोपाइँ
भएको बागमती प्रदेश कृषि निर्देशानलले जनाएको छ । असार महिना सकिनै लाग्दा पनि अहिलेसम्म
बागमती प्रदेशमा २० प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको हो ।
यसवर्ष
समयमै वर्षा नहुँदा प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो रहेको र
प्रदेशको कूल पाँच लाख ३४ हजार आठ सय ७१ दशमलव ६० हेक्टर जग्गामध्ये एक लाख २०
हजार ६ सय १० दशमलव २५ हेक्टरमा धान रोपाइँ हुने गरेको बागमती प्रदेश कृषि
निर्देशानलयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालले जनाएका छन ।
सूचना
अधिकारी दाहालका अनुसार हालसम्म २४ हजार सात सय ४२ दशमलव ७८ हेक्टर जग्गामा मात्र
धान रोपाइँ हुन सकेको हो । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी दोलखा र भक्तपुरमा ६५
प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा कम धादिङमा ५ प्रतिशत जग्गामा मात्र धान
रोपाइँ भएको छ ।
असारको
दोस्रो सातायता सम्म पनि प्रर्याप्त वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध
मिलाएरै भए पनि किसानले धान रोपाइँ गरिरहेका छन् ।
- न्युज बहार संवाददाता