Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बुधबार नेप्से सँगै कारोबार रकममा पनि गिरावट ।

  •   ३ वर्ष अघि | १० साउन २०८०, बुधबार

साउन १०, काठमाडौँ । बुधबार नेप्से परिसूचक ०.३७ प्रतिशत अर्थात ८.११ अंकले घटेर २१५६.२० बिन्दुमा बन्द भएको छ।

नेप्से परिसूचकसँगै बुधबार कारोबार रकम पनि घटेको छ।

यस दिन २६० वटा धितोपत्रको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेचबाट २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँमा कारोबार भएको छ।

आज घटेको बजारमा किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.९६ प्रतिशतले बढेको छ भने जाल्पा सामूदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.४९ प्रतिशतले घटेको छ।  

आज बुधबार सर्वाधिक कारोबार हुने ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको रहेको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूह र वित्त, म्युचुअल फण्डको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ। 

आज होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ। 

  • न्युज बहार संवाददाता

थप