साउन ४, काठमाडौँ । उडानका दौरान अब नेपालका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ‘अनबोर्ड ड्युटी पेड सप’ सञ्चालन गर्न सक्ने भएका छन् ।
उडानका बखत वायुयान भित्र यस्तो पसल सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले अनबोर्ड ड्युटी पेड सप सञ्चालन कार्यविधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको छ ।
यस कार्यविधि अनुसार अब वायुसेवा कम्पनीहरुले अनुमति लिएर जहाज भित्रै पसल सञ्चालन गर्न सक्ने व्यवस्था गरिनेछ ।
यस कार्यविधि सञ्चालनमा आएपछी , वायुसेवालाई थप सवल, सुदृढ र दीगो बनाउने, वायुसेवाको अतिरिक्त आम्दानी बढ्ने तथा राजस्व संकलन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने मन्त्रालयले विश्वास जनाएको छ ।
- न्युज बहार संवाददाता