कार्तिक
२२, काटमाडौँ । बुधबार नेप्से परिसूचक ५.१६ अंक (०.२७ प्रतिशत)ले बढेर १८६३.९३
बिन्दुमा बन्द भएको छ।
यसदिन परिसूचक बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
यस दिन २८८ वटा धितोपत्रको ३१
लाख ५७ हजार ६२ कित्ता सेयर किनबेचबाट ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँको
कारोबार भएको छ।
यस दिन ग्लोबल आइएमई लघुवित्तको
सेयर मूल्य सर्वाधिक ८.०७ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर
मूल्य सर्वाधिक ६.३८ प्रतिशतले घटेको छ ।
आज
नेप्सेमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत
परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, लगानी र निर्जीवन बीमा समूहको परिसूचक
घटेको छ ।
यसदिन
सर्वाधिक १.१६ प्रतिशतले उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता