Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बृद्धी ।

  •   ३ वर्ष अघि | २८ साउन २०८०, आइतवार

 साउन २८, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बृद्धी भएको छ।

यसदिन नेप्से १४.८१ अंक (०.७१ प्रतिनशत) ले बढेर २०८०.८६ बिन्दुमा बन्द भएको छ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

यस दिन उक्त रकम बढेर ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँ पुगेको छ।

यस दिन २७१ वटा धितोपत्रको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर किनबेचबाट ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँको कारोबार भएको छ।

यस दिन थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा घोराही सिमेन्ट रहेको छ।

आज बजारमा नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बृद्धी भएको छ।

आज निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ।

  • न्युज बहार संवाददाता

थप